नाट्टाद्वारा हवाई दुर्घटनाप्रति शोक व्यक्त

काठमाडाैं | जेठ १६, २०७९

नाट्टाद्वारा हवाई दुर्घटनाप्रति शोक व्यक्त

काठमाण्डौँः       नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टा ले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परी ज्यान गुमाउने चालक दल तथा यात्रुहरुको निधनप्रति शोक व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

    

शोक वक्तव्य जारी गर्दै घटनाले नाट्टा परिवारलाई स्तब्ध बनाएको भन्दै यस दुःखद घडीमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति भावपूर्ण समवेदना प्रकट गरेको छ ।  मुस्ताङको थासाङस्थित सानसुरे भिरमा दुर्घटनाग्रत भई उक्त विमानमा सवार चालक दलका तीन तथा १९ यात्रुको निधन भएको थियो ।

  

 भौगोलिक बनावटका कारण नेपालको पर्यटन व्यवसायको विकास र विस्तारमा सुरक्षित हवाई सेवा एक आवश्यक पूर्वाधार भएको भन्दै नाट्टाले यस किसिमको हवाई दुर्घटनाले पर्यटन व्यवसायमा नकारात्मक प्रभाव पार्ने जनाएको छ । साथै निकायले नेपालको हवाई सेवालाई बढी भरपर्दो र विश्वसनीय बनाउन आवश्यक हवाई सुरक्षाको मापदण्डमा कडाइ गर्न तथा जोखिम न्यूनीकरणका सबै मापदण्ड कार्यान्वयन गर्न संस्थाले आग्रह गरेको छ । स्वदेशी/विदेशी पर्यटकलाई विश्वासनीयताको अनुभूति निर्माण गर्न आवश्यक पहल गर्न हुन पनि सबै सम्बद्ध निकायसँग नाट्टालले जोड्दार माग गरेको छ ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्